धर्मसनका शिक्षकहरू
DharmaSun is delighted to bring together online talks, courses, and live seminars offered by teachers from the Shedrub Mandala, associate professors, and guest teachers, who generously share their wisdom and advice.
परम्परा गुरुहरू, शिक्षकहरू, र सहयोगी प्राध्यापकहरू
शिक्षकहरू
अतिथि प्रशिक्षक
छोकी निमा रिन्पोछे

श्रद्धेय गुरुवर छोकी निमा रिन्पोछे ज्यूको जन्म बि.सं. २००८ साल अर्थात् सन् १९५९ सालको चन्द्र पात्रोको सातौँ महिनामा नाङछेनको चाङसार परिवारमा भएको हो। उहाँ टुल्कु उर्ग्येन रिन्पोछेको ज्येष्ठ पुत्र हुनुहुन्छ। टुल्कुको पुर्खाहरू दुर्लभ बोरम काग्यु परम्पराको अनुयायी हुनुहुन्थ्यो। त्यस्तै उहाँको माता कुनसाङ पनि ल्हासाको धर्म अभ्यासीहरूको परिवारबाट हुनुहुन्थ्यो।
छोकी निमाको शाब्दिक अनुवाद धर्मादित्य हो। १८ महिनाको उमेरमा उहाँलाई दोस्रो शताब्दीका प्रसिद्ध माध्यमिक आचार्य नागार्जुन र ढिकुङ् काग्युको लामा एवं तिब्बती महासिद्ध घार डुब्छेन् को सातौँ निर्माणकाय अर्थात् टुल्कुका रूपमा पहिचान गरिएको थियो। लगत्तै उहाँलाई केन्द्रीय तिब्बतस्थित नाग् छुखा क्षेत्रमा अवस्थित ढोङ् गोएन् थुब्तेन् धार्ग्ये लिङ् गोन्पामा गद्दी आरोहण गरिएको थियो। त्यहाँ ५०० जना भिक्षुहरूको धर्मगुरु बन्ने जिम्मेवारीलाई उहाँले निरन्तरता दिनुभयो। रिन्पोछे काग्यु परम्पराको अवतारी भए तापनि उहाँको रगतको नाता महान् निङ्मा परम्पराका निधिपति छोग्युर लिङ्पा सँग गाँसिएको छ। उहाँ छोग्युर लिङ्पाको पाँचौँ पुस्ता हुनुहुन्छ।
१९५९ को तिब्बत अतिक्रमण पूर्व नै रिन्पोछे आफ्नो मातापिता र सानो भाइ सँग गान्तोक, सिक्किममा पाल्नुभयो। केही समयको लागि दल्हाउसिए, इन्डियामा रहेको फ्रेदा वेदको ‘Young Lamas’ School’मा अध्ययन गर्नुभयो। जब उहाँ १३ वर्षको हुनुभयो त्यसपछि कर्म काग्यु विद्यालय रुमटेकमा भर्ना हुनुभयो जहाँ उहाँले ११ वर्षसम्म कर्मा काग्यु, ढिकुङ् काग्यु र ङिङमा परम्पराका उपदेशहरू ठूल्ठूला प्रसिद्ध गुरुहरू जस्तै १६ औँ ग्याल्वाङ् कर्मापा, क्याब्जे दिल्गो ख्येन्चे रिन्पोछे, दुङजोम रिन्पोछे, खामत्रूल रिन्पोछे, खुनु लामा तेन्जिङ ग्यातसो र क्याब्जे टुल्कु उर्ग्येन् रिन्पोछेबाट लिनु भयो। उहाँले सानै उमेरमा रिन्पोछेले खेम्पोको पदवी हासिल गर्नुभयो जुन अहिलेको प्राध्यापक सरहको तह हो।
वि.सं. २०३१ सालमा रूमटेक छोड्नुभयो। त्यसपछि उहाँले कर्मापाको इच्छा अनुरूप बौद्धमा निर्माण हुन गइरहेको गुम्बाको लागि आफ्नो आमाबुवा र सानो भाइ सँग संलग्न हुनुभयो। बौद्ध स्तुपाको उत्तर दिशामा गुम्बा निर्माण सुरु भई गुम्बा निर्माण सम्पन्न भई १९७६ को उद्घाटन कार्यक्रममा कर्मापाले रिन्पोछेलाई २४ वर्षको उमेरमा गुम्बाको प्रमुख घोषणा गरिदिनुभयो।
त्यस्तै कर्मपाले उहाँलाई लामो गुफा बास को सट्टामा पश्चिममा धर्म फैलाउन आज्ञा गर्नुभयो। यही आज्ञालाई परिपूर्ति गर्नको निमित्त उहाँले अङ्ग्रेजी भाषा सिक्नुभयो र बिस्तारै थुप्रै विदेशीहरूलाई पनि ध्यान साधना सिकाउनुभयो।
काग्यु र निङमा परम्पराको प्रख्यात ध्यान गुरुको रूपमा रहनुभएको रिन्पोछेले सन् १९८० देखि वार्षिक १० दिने ध्यान शिविर सञ्चालन गर्न थाल्नुभयो। सो शिविरमा टुल्कु उर्ग्येन रिन्पोछे र छोक्लिङ रिन्पोछेले पनि गहन प्रवचनहरू दिनुको साथै समय समयमा विभिन्न अभिषेकहरू पनि दिनुहुन्थ्यो।
फाग्छोग रिन्पोछेले पनि सन् २००३ देखि यस शिविरको दौरानमा प्रवचन दिन थाल्नुभयो। अहिले ४४ औँ वर्ष प्रवेश भएको छ। जहाँ आधारभूत बौद्ध शिक्षादेखि लिएर बज्रयानको गहन दर्शन र महासन्धि अभ्यासको बारे सिकाइन्छ। यस शिविर को अङ्ग्रेजी अनुवाद हाम्रा पोख्त अनुवादकहरू एरिक पेमा, डा. थोमस, हाइदि र डा. क्याथरिनले गर्दै आइराख्नुभएको छ। वातावरण मिलेको खण्डमा यी प्रवचनहरू अरू भाषामा पनि अनुवाद गरिन्छ।


सन् १९८१ मा रिन्पोछे र बुवा टुल्कु उर्ग्येनले सँगै एक वर्षको लागि धर्म केन्द्रहरूको भ्रमणमा जानुभयो। यस दौरान युरोप, अमेरिका र दक्षिण पूर्वी एसियामा रहेका ध्यान केन्द्रहरूमा टुल्कु उर्ग्येन रिन्पोछेले थुप्रै अभ्यासकर्तालाई महामुद्रा र महासन्धिका शिक्षाहरू र अभिषेकहरू दिनुभयो।
सन् १९८४ मा रिन्पोछेले बौद्ध पुस्तकालयको सुरुवात गर्नुभयो। १०८ वटा किताबबाट सुरु भएको उक्त पुस्तकालयमा अहिले छ हजारभन्दा बढी प्रकाशकहरूको पाँच विभिन्न भाषाहरूमा बौद्ध दर्शन र इतिहास सम्बन्धी पुस्तकहरू उपलब्ध छ। त्यही ताका रिन्पोछेले प्रकाशन गृह पनि स्थापना गर्नुभएको थियो जहाँबाट थुप्रै धर्म पुस्तकहरू अभ्यास पुस्तिकाहरू र रिन्पोछेका शिक्षाका लिप्यन्तर तथा व्याख्याहरू प्रकाशित भइसकेका छन्।
आफ्ना भाइ सँगको सहकार्यमा छोकी निमा रिन्पोछेले स्थानीय तथा विदेशीहरूलाई बुद्ध धर्मको अध्ययन र अभ्यास गराउनको लागि स्वयं ज्ञान संस्था को स्थापना गर्नुभयो। पश्चिमाहरूको बढ्दो बुद्ध धर्मको आकर्षणलाई मध्यनजर गरेर रिन्पोछे शनिबारिय प्रवचन दिने गर्नुहुन्थ्यो। जहाँ सायदै सबैभन्दा कम १०० जना सहभागी थिए। त्यति बेलाका थुप्रै प्रवचनहरू अहिले धर्म सन् वेबसाइट मार्फत निःशुल्क डाउनलोड गर्न र सुन्न सकिन्छ।
उहाँका थुप्रै अन्तर्राष्ट्रिय शिष्यहरूको अध्ययन अभ्यास र ध्यान साधनामा रुचि भएको कारण सन् १९७९ मा रिन्पोछेले मलेसियामा का-निङ शेडुप लिङ् धर्म सोसाइटी स्थापना गर्नुभयो जुन संसारभर फैलिएको बौद्ध केन्द्रहरूको मध्ये सबैभन्दा पहिलो हो। उहाँले थुप्रै गोमदे पनि स्थापना गर्नु भयो। तिब्बती भाषामा गोमदेको अर्थ ध्यान गर्ने स्थल हो। आजसम्म आइपुग्दा डेनमार्क, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, रसिया, इङ्गल्यान्ड, मेक्सिको, स्कटल्यान्ड, फ्रान्स आदिको प्रमुख केन्द्र हुन। त्यस्तै नै सानो केन्द्र जसलाई धर्म हाउस भन्छौँ, यो अहिले नेदरल्यान्ड, पोर्चुगल, इजरायल, न्युयोर्क, म्याक्सिको र अरू ठाउँमा पनि छन्। हरेक वर्ष बर्खाको समयमा उहाँ यी केन्द्रमा भ्रमण गर्नुहुन्छ। जहाँ हप्ता दिन लामो शिविर सञ्चालन गरिन्छ। साथै हङकङ र भियतनाममा विभिन्न विशेष सेमिनारहरूको पनि आयोजना गर्नुहुन्छ। विभिन्न स्थानमा रहेका केन्द्रहरूको बारे थप जानकारीको लागि यो वेबसाइटमा जानुहोला। www.shedrub.org
जजसले रिन्पोछेबाट सिक्न र अभ्यास गर्न चाहन्छन् उनीहरूको लागि रिन्पोछेले यो वेबसाइट बनाइदिनुभएको छ। धर्म प्रवेशको लागि आधिकारिक प्रवेशद्वारको रूपमा रहेको यस वेबसाइट मा श्रद्धेय रिन्पोछे एवं अरू गुरुहरूको बुद्ध धर्मका विभिन्न पाटोहरूलाई समय दिएर दिनुभएको उपदेशहरूको राम्रो संग्रह रहेको छ। साथै यसै वेबसाइटबाट आर्यतारा त्रि उत्तम अभ्यास सञ्चालन भएको छ। जहाँ अनलाइनबाट नै ध्यानको पुरा विस्तृत विधि क्रमशः प्राप्त गर्न सकिन्छ।
आर्य ताराको त्रि उत्तम अभ्यास सन् २०११ मा सुरु भएको अनलाइन ध्यान कार्यक्रम हो। जुन अहिले संसारभर प्रख्यात रहेको छ। यसलाई आवश्यक त्रि उत्तम शिविर नेपालमा बर्सेनि सञ्चालन गर्दै आइरहनुभएको छ भने उहाँले विभिन्न स्थानमा आर्य ताराको अभिषेक एवं आवश्यक विभिन्न तहका शिक्षाहरू दिँदै आइरहनुभएको छ।
सन् १९९६ को फेब्रुअरी १३ मा टुल्कु उर्ग्येन् रिन्पोछेको परिनिर्वाण हुनु भए पछि उहाँको साधना स्थल नागी गुम्बाका सबै भिक्षुणीहरूको जिम्मा रिन्पोछेले लिनुभयो। काठमाडौँ उपत्यकाको उत्तरी पहाडमा रहेको यस गुम्बामा २०० भन्दा बढी ७ वर्षदेखि ९५ वर्षसम्मका भिक्षुणीहरू छन्। उहाँहरूले दैनिक पूजापाठ ध्यान साधना र अध्ययन का- निङ गुम्बाका भिक्षुहरूको निगरानीमा गरिरहेका छन्।
१९९७ मा राङ्झुङ येशे संस्थाले बौद्ध दर्शन र हिमाली भाषाको प्रशिक्षण दिन सुरु भयो त्यो बेलादेखि यो संस्था एकदमै विकसित भएर अहिले एउटा अन्तर्राष्ट्रिय संस्थाको रूपमा विकास भएको छ। यस संस्था एउटा अन्ताराष्ट्रिय बौद्ध कलेज वा शेडा हो जसले अन्ताराष्ट्रिय विद्यार्थीहरूलाई गहनतम बौद्ध शिक्षा प्रदान गर्दछ। त्यस बेलादेखि नै राङ्ज्युङ् येशे संस्थाले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर विशेष गरी विदेशी विद्यार्थीहरूलाई बौद्ध अध्ययनमा शास्त्री शिक्षा (बि.ए.), आचार्य शिक्षा (एम.ए) र विद्यावारिधि साथसाथै स्वदेशी र विदेशी विद्यार्थीहरूलाई हिमाली सम्भोट भाषाको शिक्षा पनि प्रदान गर्दै आइरहेको छ । थुप्रै प्रख्यात बौद्ध विद्वानहरू नै यस संस्थामा पठाएका छन् पढेका छन् थप वर्तमान समयलाई सुहाउँदै गरी अहिले यस संस्थाद्वारा अनलाइन कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ जुन शैक्षिक डिग्री हासिल गर्न अथवा सो अध्ययन गर्न दुईटैको लागि उपयुक्त छ। यस विषय थप जानकारीको लागि यस वेबसाइटमा जानुहोला https://ryi.org.


सन् २००४ मा डाक्टरसँग मिलेर रिन्पोछेले एउटा किताब मेडिसिन एण्ड कम्प्यासन किताब मा सह लेखन गर्नुभयो। यसमा रिन्पोछे र डाक्टरले बौद्ध तिब्बती बौद्ध तरिकाहरू अपनाएर बिरामीलाई कसरी राम्रो स्याहारसुसार गर्न सकिन्छ भन्ने कुरा उल्लेख गर्नुभएको छ।
त्यही वर्ष रिन्पोछेले बौद्धमा शेन्फेन् नामक सामाजिक संस्था पनि सञ्चालन गर्नुभयो जसले गरिब र असहायहरूको जीवनस्तर उकास्नको निमित्त साथै ग्रामीण भेगमा आवश्यक सहयोग गर्न थाल्यो। संसारभरका विभिन्न व्यक्तिहरूको सहयोगद्वारा शेन्फेन् कोषले दान प्रदान, सुस्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिको लागि पनि मद्दत गर्दछ। शेन्फेनले छ वटा मुख्य विषयमा कार्य गरिरहेको छ; शिक्षा, सुस्वास्थ्य, तालिम, पशु हेरचाह, र प्राकृतिक प्रकोपमा राहत वितरण। यसको बारे पनि थप जानकारी चाहनुहुन्छ लिङ्कमा जानुहोला।https://shenpennepal.org/
का-निङ् शेडुब्लिङ गुम्बा रिन्पोछेका विभिन्न क्रियाकलापहरूको प्रमुख गढको रूपमा रहेको छ। उहाँले झन्डै १००० भिक्षु भिक्षुणीहरूको कल्याण र आध्यात्मिक शिक्षाको रेखदेख गर्नु जिम्मेवारी वहाँमा छ। रिन्पोछेको ४० दशकको समय त तिब्बती र नेपाली उपासक उपासिकाहरूका आध्यात्मिक आवश्यकताहरू पूर्ति गर्न मै व्यतीत गर्नु भयो। उहाँको द्वार सबैको लागि सधैँ खुल्ला छ। यसरी आउने जो कसैलाई पनि खुला हृदयको साथ स्वागत गरेर आशीर्वाद दिनुहुने रिन्पोछेहरू कमै हुनुहुन्छ।
नेपालमा हुँदा उहाँलाई शनिवारको दिन भेट्न सक्ने सम्भावना हुन्छ। जहाँ थुप्रै क्रियाकलापहरू भइरहेका हुन्छन्। लामाहरूसँग कुराकानी, नयाँ प्रव्रजित गराउने, तिब्बती तीर्थयात्री र शरणार्थीहरूसँग भेट्ने, नेपाली एवं विदेशी शिष्यहरूसँग कुराकानी गर्ने साथै गुम्बाका गतिविधिहरू सबै उहाँले गरिरहनु हुन्छ। आवश्यक परेको खण्डमा टाढा रहेका शिष्यहरूको लागि अनलाइन सम्पर्क पनि गर्नु हुन्छ।
नेपालीहरूले पनि बुद्ध धर्मको ज्ञान पाओस् भन्ने उद्देश्यले सन् २०१६ देखि चार महिने निःशुल्क भोट भाषा तथा आधारभूत बौद्ध धर्म परिचय कक्षाको सुरुवात गर्नुभयो। यसमा बालकदेखि वृद्ध वृद्धाहरूले समेत भोट भाषाको ज्ञानको साथै सद्धर्म चिन्तामणि मोक्ष अलङ्कार लगायत बौद्ध दर्शनका ग्रन्थहरू अध्ययन गर्नुको साथसाथै शाक्यमुनि बुद्ध साधना, तारा साधना, शरीर दान विधि लगायत साधना विधिहरु पनि सिक्ने अवसर प्राप्त गरेका छन्। यस कार्यक्रममा हरेक वर्ष १५०० देखि २००० सहभागीहरू हुने गर्दछन्।
२०१९ देखि रिन्पोछेले पूर्वागत अभ्यासको शिविर सुरु गर्नुभयो। यस कार्यक्रममा नेपाली र तिब्बती एवं केही विदेशी गरी ६०० जनाले दिनको चार प्रहरमा सँगै अभ्यास गर्दछन्। चाँडै नै जर्मनीमा पनि एक महिना लामो पूर्वागत अभ्यास शिविर सञ्चालन हुन गइरहेको छ। जहाँ १०० जना भन्दा बढी सहभागीहरु हुने आकलन गरिएको छ।
२०२३ देखि रिन्पोछेले वार्षिक त्रिमूल साधना शिविर पनि सुरु गरिसक्नुभएको छ। जहाँ तीनपटक पूर्वागत शिविरमा सहभागी भएका अथवा पूर्वागत अभ्यास सम्पन्न गरिसकेकाहरू मात्र सहभागी हुन पाउँछन्। गत वर्ष २०० जनाको सहभागिता यस शिविरमा थियो।
टुल्कु उर्ग्येन रिन्पोछेको परिनिर्वाण पूर्व उहाँले एउटा कामना व्यक्त गर्नुभयो कि भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा एउटा बौद्ध बिहार बनाउने। तत् पश्चात आफ्नो स्वर्गीय बुवाको इच्छा पूर्ति गर्न लाग्नुभयो। २०१० को डिसेम्बर १५ मा छोकी निमा रिन्पोछे, छोक्लिङ रिन्पोछे, फाग्छोग् रिन्पोछे र टुल्कु उर्ग्येन याङ्सी ज्यूको संयुक्ततामा हजार बुद्ध मन्दिरको भूमि पूजन भएको थियो। २०२४ साल मे ३२ गते सागा दावा महापर्वको दिन हजार बुद्ध एवं त्रिकालका बुद्धसहितको मुख्य मन्दिर चार दिन लामो पूजापाठ सहित प्राण प्रतिष्ठा गरिएको थियो। यो गुम्बा उद्घाटनको पहिलो चरण हो। अर्को चरणको कार्यक्रम नोभेम्बर २०२४ मा हुन गइरहेको छ। यसको बारे थप जानकारीको लागि यस लिङ्कमा जानुहोला। https://shedrub.org/news/inauguration-lumbini/
उहाँका थुप्रै कृतिहरू स्वयं ज्ञान प्रकाशन संस्थाबाट प्रकाशित भइसकेका छन्। उहाँले लेख्नुभएका केही अङ्ग्रेजी किताबहरू यस प्रकार छन्:‘Sadness, Love, Openness: The Buddhist Path of Joy’, ‘Present Fresh Wakefulness: A Meditation Manual on Nonconceptual Wisdom,’ ‘The Union of Mahamudra and Dzogchen’, ‘The Bardo Guidebook’, ‘The Indisputable Truth’, ‘Song of Karmapa,’ and ‘The Collected Works of Chokyi Nyima Rinpoche, Volumes 1 and 2’
