पहिलो उत्तममा स्वागत छ ~ एकाइ २
आधारभूत उपदेशहरूको अभ्यासमा मजबुत जग खडा गरिरहँदा हामीले आधार ग्रन्थका रूपमा अनागत बुद्ध मैत्रेयका उत्तरतन्त्र शास्त्र नामक अति गम्भीर ग्रन्थको सहारा लिन्छौँ। त्यस ग्रन्थमार्फत हामीले तथागतगर्भ, बोधि, त्रिरत्नका गुणहरूका बारेमा सिक्छौँ। अनि हामीले भगवान् शाक्यमुनि बुद्धको प्रथम धर्मचक्रप्रवर्त्तनको पहिलो उपदेश अर्थात चार आर्य सत्यका बारेमा चिन्तन अभ्यास गर्नेछौँ। त्यो चिन्तन अभ्यास संसार तथा निर्वाणका हेतु र फल अन्तर्गत समेटिएको हुन्छ।
तपाईंलाई धेरै अधिष्ठानहरू प्राप्त होस् र यी अभ्यासहरूले तपाईंमा परिवर्तनका अनुभूति पैदा गरोस् भन्ने कामना गर्दछौँ।