स्नेही उपदेश

स्नेही उपदेश रत्न संग्रह

  • छोकी निमा रिन्पोछे

पाठ्यक्रम विवरण

श्रद्धेय छोकि निमा रिन्पोछेले दिनुभएका प्रवचनहरूको संकलन हो, “स्नेही उपदेश रत्न संग्रह”। रिन्पोछेले शनिबार-शनिबार आफ्नोको हृदयमा रहेको ज्ञान र करुणा समिश्रित उपदेशहरू‌ देशना गर्नुहुन्थ्यो। का-निङ् शेडुप लिङ् गुम्बामा दिनुभएका यी उपदेशहरू शृङ्खलाबद्ध उपदेशहरू होइनन्। प्रत्येक प्रवचन आफैमा पूर्ण रहेको छन् भने सबैमा सारत प्रज्ञा र करुणाकै विषय उल्लेख छ। २० वर्षको दौरानमा विभिन्न समयमा दिनुभएका शिक्षाहरूको संकलन तपाईँले यस अन्तर्गत हेर्न र सुन्न पाउनुहुनेछ।

धर्ममा भर्खरै लागेकाहरूको लागि उपयुक्त यस उपदेशको संग्रहमा गम्भीर तवरले अभ्यास गर्नेहरूको लागि गहन ज्ञान पनि समावेश छ। उहाँले गम्भीर शिक्षालाई आफ्नो मनैदेखि प्रत्यक्ष एवं स्पष्ट रूपमा प्रस्तुत गर्नुहुन्छ जुन उहाँको विशेषता हो।

पाठ्यक्रम सामग्री

सामग्री पहुँच गर्न तलको सूचीमा कुनै पनि वस्तुमा क्लिक गर्नुहोस्

पहुँच मितिहरू

प्रवचन सबैको लागि निःशुल्क उपलब्ध छ। यसलाई हेर्न र सुन्नको लागि कृपया लगइन गर्नुहोस्। अथवा निःशुल्क नयाँ खाता दर्ता गरेर अडियो डाउनलोड गर्नुहोस्।

जारी पहुँच

पहुँच मितिहरू

प्रवचन सबैको लागि निःशुल्क उपलब्ध छ। यसलाई हेर्न र सुन्नको लागि कृपया लगइन गर्नुहोस्। अथवा निःशुल्क नयाँ खाता दर्ता गरेर अडियो डाउनलोड गर्नुहोस्।

जारी पहुँच

विवरणहरू

शिक्षकहरूको बारेमा

  • छोकी निमा रिन्पोछे

    छोकी निमा रिन्पोछेको जन्म सन् १९५१ मा टुल्कु उर्ग्येन रिन्पोछेको जेठा छोराको रूपमा भएको थियो। उहाँले १९७६ मा उद्घाटन भएको का-निङ शेड्रुब लिङ् गुम्बाको प्रमुखको रूपमा त्यति वेला देखि सेवा गर्दै आउनु भएको छ। रिन्पोछेले गुम्बा र सम्बद्ध संस्थाहरू एवं लगभग ५०० भिक्षु र भिक्षुणीहरूको कल्याण र धर्म शिक्षाको जिम्मेवारी बहन गर्नु भएको छ। रिन्पोछे एक सुप्रसिद्ध ध्यान आचार्य र गुरु हुनु हुन्छ। ३५ वर्षभन्दा बढी समयदेखि उहाँले नेपाल र विश्वभरका शिष्यहरूलाई मार्ग निर्देशन गर्दै हुनुहुन्छ। उहाँ अध्ययन, अभ्यास र सामाजिक कार्यमा समर्पित विश्वव्यापी बौद्ध केन्द्रहरूको संस्थापक र प्रमुख हुनुहुन्छ। संसारको जहाँसुकै पनि बुद्धका शिक्षा र ध्यान सबैका लागि सर्वसुलभ गरी उपलब्ध गराउनु रिन्पोछेको उद्देश्य र योजना हो।

Loading . . .

Scroll to Top

धर्मसन पत्रिका प्राप्त गर्नु होस्

"*" indicates required fields

पूरा नाम*
कृपया माथिको गणित समाधान गरेर तपाईं रोबोट होइन भनी प्रमाणित गर्नु होस्। कृपया नम्बरहरू मात्र हाल्नु होला।
This field is for validation purposes and should be left unchanged.

आ.ता.त्रि समाचारपत्रका लागि सदस्यता लिनुहोस्।

"*" indicates required fields

नाम*
माथिको गणित चुनौती समाधान गरेर हामीलाई तपाईं रोबोट होइन भनी देखाउनुहोस्। कृपया अंकहरू मात्र प्रविष्ट गर्नुहोस्।
This field is for validation purposes and should be left unchanged.
This site is registered on wpml.org as a development site. Switch to a production site key to remove this banner.